नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि



धगनढी, असार १०

नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।

कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । मन्त्रालयकाअनुसार आज मात्रै ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News