काेराेना संक्रमणले थप एककाे मृत्यु



काठमाडौं, असार ११
गण्डकी प्रदेशमा थप १ एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।  अब नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आइसियूमा उपचारत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

स्याङ्जा सिरुवा घर भएका ५५ वर्षीय पुरुष असार ८ गते अस्पताल भर्ना भएका थिए। उनमा कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालका अनुसार कोरोना संक्रमण देखिएर अपचारको क्रमममा यस अस्पतालमा मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । यस अगाडि कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा स्याङ्जाकै बिरामीको पोखरामा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News