तीन सय नेपाली स्वदेश फर्किए



काठमाडौं, असार ११
युएईकाे आबुधावी र कुवेतबाट तीन सय नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली कामठाडौं आइपुगेका हुन् ।

यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौं आइपुगेको छ । बिहीबार कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् ।

कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । बिहीबार विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News