जन्मदिनको अवसरमा मुख्यमन्त्रीले रोप्नुभयो आँपको बिरुवा


 


विराटनगर, असार ११
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जन्मदिनको अवसरका आँपको बिरुवा रोप्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आज दिउँसो आँपको बिरुवा रोप्नु भएको हो ।
मुख्यमन्त्री राईले जन्मदिनको अवसरमा नयाँ शुरुवात गरेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नु भएको छ, यसपटक बाट मैले नयाँ थालनी गरेको छु, अर्थात प्रदेश सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलको राजधानी बनाउने घोषणा यसपटकको आफ्नो नीति, कार्यक्रम र बजेटबाट गरेको परिप्रेक्ष्यमा मैले मेरो जन्म दिनको अवसर पारेर आँपको बिरुवा रोपेर शुरुवात गरेको छु । आगामी वर्षहरुमा यस थालनीलाई निरन्तरता दिने समेत उहाँले बताउनु भएको छ ।

प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रममा प्रदेशलाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । प्रदेश सरकारले आगामी दशकलाई फलफुल उत्पादन दशकको रुपमा कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्