कर्णाली प्रदेशमा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना पुष्टि




काठमाडौं, असार १२
कणाली प्रदेशमा दुई स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्तिमार्फत् थप २५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

प्रतिष्ठानकाअनुसार सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसीआर परीक्षण गरिएकोमा २ स्वास्थ्यकर्मी, १ जना भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको हो। 

संक्रमित सबै जना प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निर्देशक डा मंगल रावलले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको जनाएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार २ सय १२ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News