विहानै थपिए ५० जना कोरोना संक्रमित, गण्डकीमा पनि २५ जना थप




काठमाडौं, असार १२
नेपालमा आज विहानै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ, बागलुङ र नवलपरासी गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदबिन्दु शर्माले शुक्रबार बिहान विज्ञप्ति जारी गरी सो यसबारे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँसहित कुल संक्रमितको संख्या गण्डकीमा ७ सय ९२ पुगेको छ । प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भएका छन् ।

आजै विहान कर्णाली प्रदेशमा पनि दुई स्वास्थकर्मीसहित २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News