आज थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय नाघ्याे



काठमाडौं, असार १२
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५९३ जनामा संक्रमण देखिएको हो।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ। प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News