काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित



काठमाडौं, असार १२
काठमाडौं जिल्लामा आज (शुक्रबार) तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

आज संक्रमण पुष्टि भएका ५९३ मध्ये तीन जना काठमाडौंका रहेका छन् । हिजो (बिहीबार) काठमाडौं उपत्यकामा नौं जना कोरोना संक्रमित भेटिएका थिए ।

हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने कोरोनाको तथ्याङ्कमा पछिल्लो समय काठमाडौं उपत्यका पर्दै आएको छ । दिनहुँ उपत्यकामा संक्रमित भेटिन थालेपछि जोखिम पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News