Deshko News
१२ मंसिर २०८०, मंगलबार

आइसोलेसनबाट भागे ६३ जना कोरोना सङ्क्रमित


 



दैलेख, असार १३
दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसनबाट ७३ जना भागेका छन् । गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट रहेका ९३ जनामध्ये ६३ जना कोरोना सङ्क्रमित भागेका हुन् ।

आइसोलेसन अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिएपछि सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।

इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालबाट ६३ जना भाग्दासमेत प्रहरीले बिहान मात्र खबर पाएको थियो ।

भागेको ६३ जनामध्ये केही बिहानै आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको नौमुले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले बताए ।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्