गण्डकी प्रदेशमा विहानै थपिए ३२ कोरोना संक्रमित




पोखरा, असार १३
गण्डकी प्रदेशमा आज विहानै थप ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयकाअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा बाग्लुङका आठ जना, स्याङजाका २२ जना र नवलपरासी पूर्वका २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आठ सय ३८ पुगेको छ ।

हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News