यसरी लिए भारतीय नागरिकले नेपाली नागरिकता



काठमाडौं, असार १३
२५ वर्षे विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आएका बेला नेपाली नागरिकता बनाएका छन्। घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे र एउटा बच्चा जन्मिएपछि उनले नागरिकता बनाएका हुन्।

भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् ।

नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।

हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं. ३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।

गलत विवरण पेश गरी नेपाली नागरिकता लिएको कुरा डेढ वर्षपछि खुलासा भएपछि प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घोराहीस्थित उनको डेरामा छापा मार्दा प्रहरीले भारतीय विशिष्ट पहिचान प्राधिकरणले दिएको आधार कार्ड बरामद गरेको छ ।

साथै झूठो विवरण पेश गरी नेपाली नागरिकता दिलाउन भूमिका खेलेको भन्दै प्रहरीले हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको बताएका छन् ।

बच्चाको जन्मदर्ता गराउने बेला विशाल भारतीय नागरिक भएकाले समस्या आयो । विशाल भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News