क्वारेन्टाइनमा भान्सेको काम गर्ने पुरुषको मृत्यु




बैतडी, असार १३
बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

मृतक पुरुष दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुका लागि दुई महिनादेखि खाना पकाउने काम गर्ने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएका कारण उनको कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News