पत्रकार पाण्डेको कार दुर्घटनामा निधन




काठमाडौं, असार १४
बुटवलका पत्रकार कृष्ण पाण्डेको गएराति कार दुर्घटनामा परी निधन भएको छ।

बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेर ३० वर्षीय पाण्डेको मृत्यु भएको हो।

उनी आफैले चलाएको कार सडक किनाराको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा राति करिब १ बजे अस्पतालमा निधन भएको हो। 

पोष्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको छ। उनी न्युज २४ मा आबद्ध थिए । उनी गीतकारसमेत हुन् । 

लकडाउन हुनु केही दिनअघि मात्र उनको शव्दमा बनेको गीत गायक प्रमोद खरेलले गाएका छन् ।

उनको निधनमा गायक खरेलले फेसबुकमा लेख्दै पाण्डेलाई सम्झिएका छन्। उनले लेखेका छन्, ‘एउटा गीत गाएको थिएँ, उनी बुटवल बसेर न्युज २४ लगायतका मिडियामा संलग्न थिए, एक जुझारु पत्रकार गीतकार अनि प्रिय भाइ कृष्णबाबु पाण्डेको गए राति बुटवल–भैरहवा खण्डमा भएको सडक दुर्घटनामा परी असामयिक निधनले दुखी बनायो, वैकुण्ठमा वास होस्।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News