सुदूरपश्चिममा सलह किरा संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ




धनगढी, असार १४
सुदूरपश्चिममा सलह किरा संकलन गरेर ल्याएर आउने किसानलाई प्रतिकिलो २५ रुपैयाँ दिइने निर्णय गरिएको छ ।

भूमि कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गठित तत्काल उद्दार समितिले आइतबार यस्तो निर्णय गरेको हो । यद्यपि सुदूरपश्चिममा अहिलेसम्म सलह किरा भित्रिएको छैन ।

मन्त्रालयले सलह किरा रोकथामका लागि पूर्वतयारी स्वरुप यस्तो निर्णय गरेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए । उनले सलह किराबाट आत्तिनु पर्ने अवस्था नभएको भएपनि सजक भने हुनुपर्ने बताए।

सलह किरा सानो झुन्डका रुपमा नेपालमा पूर्वबाट भित्रिसकेको छ । सलह किराले बाली खाइदिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News