क्वारेन्टाइनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु




अछाम, असार १४
अछाममा क्वारेन्टाइनमा बसेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। रामारोशन गाउँपालिका–५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका पुरुषमा असार ९ गते आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । असार १३ गते एक्‍कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगेको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए ।

उनका अनुसार मृतक पुरुष सुगरका बिरामी थिए । सुगर एक्‍कासी बढेपछि स्वास्थ्यमा समस्या आएको डाक्टर गौचनले बताए । उनकाअनुसार मृत्युपछि उनीसँगै परिवारका अन्य २ जना कुरुवाको समेत स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News