दाङमा पनि देखियो सलह किरा, नार्कले गर्यो पुष्टि




दाङ, असार १५
बाली नासक सलह किरा दाङमा पनि देखा परेको छ । तुलसीपुर उप– महानगरपालिका वडा नं ४ का सलह देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । स्थानीयले सलह भनेर खबर गरेपछि कृषि ज्ञान केन्द्रका प्रमुख सहितको टोली उक्त स्थानमा पुगेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको र बालिनालीमा कुनै असर नपु¥याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

शनिबार राति देखिएपछि आएपछि स्थानीयले सलह किराको आशंकामा संकलन गरेर राखेका थिए । आइतबार कृषि ज्ञान केन्द्रको टोली स्थलगत रुपमा पुगेर किराको अध्ययन गरेर नार्कमा पठाएको त्यहाँबाट सलह भएको पुष्टि भएको प्रमुख धितालले बताए । उनकाअनुसार जिल्लामा देखिएको सलह कुनै झुण्डबाट छुट्टिएर यहाँ आइपुगेको जस्तो देखिएको छ ।

सलह देखिएको क्षेत्रमा बालिनालीमा असर नगरेको पाइएको उनको भनाइ रहेको छ । शुक्रबार नेपाल प्रवेश गरेको बाली नासक सलह किरा दाङमा पहिलो पटक देखापरेको हो । कुनै पनि स्थानमा देखा परेमा तुरुन्त जानकारी गराउन स्थानीय तहमा रहेका कृषि शाखा कार्यालयहरुलाई परिपत्र गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News