हत्या गरेर छोपी राखेको अवस्थामा पुरुषको शव फेला, एक जना पक्राउ



काठमाडौं, असार १५
भक्तपुरको ग हिटी टोलमा रहेको एक पाटीमा एक जना पुरुषको शव फेला परेको छ । करिब ४५ वर्षीय पुरुषको शव हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले फेलला पारेको हो ।

मृतकको अनुहार र चिउँडोमा चोट रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

मृतकसँगै बस्ने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका ६ का इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News