सुदूरपश्चिममा पनि पुग्यो सलह किरा, मार्ने र भगाउने विधि अपनाइँदै

धनगढी, असार १५ । सलह किरा सुदूरपश्चिमसम्म पुगेको छ । सलह किरा आज
कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रमा देखिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जिल्लाको पूर्वी क्षेत्रमा थोरै संख्यामा सलह किरा देखिएको बताए।
उनले लम्कीमा देखिएका किरा सलह हो कि होइन भनेर केन्द्रबाट पुष्टि गराएको बताए । किरालाई भगाउने, मार्ने विधि अपनाउन किसानहरुलाई सुझाइएको उनले बताए।
शर्माले यहाँ आएको किरा बुढो उमेरको, कम क्षति गर्ने प्रकारको रहेकोले किसानहरुलाई नआत्तिन आग्रह गरिएको बताए । सलह देखिएपछि लम्कीका स्थानीयले किरा टिप्न थालेका छन्।
आज बिहान बारीमा कौवाको बथान देखिएपछि सलहको बथान धान, मकै रुखमा देखिएको स्थानीयले बताएका छन् । सुदूरपश्चिमको कृषि मन्त्रालयले सलह किरा संकलन गरेर ल्याउनेलाई एक किलाको २५ रुपैयाँ दिने निर्णय गरेको छ।
प्रकाशित मिति: १५ असार २०७७, सोमबार