बिहानै गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित




काठमाडौं, असार १६
गण्डकी प्रदेशमा आज बिहानै थप १७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारि दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ  । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय १४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News