मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, बाबुसहित तीन जना घाइते




धनगढी, असार १६
कैलालीको बर्दगोरियामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गाउँपालिकाको वडा नम्वर १ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ६ प २५२० नम्वरको मोटरसाइकलले र सोही दिशा तर्फ गईरहेको दुई जना सवार साईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको हो।

साइकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्शुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा परी गम्भिर घाइते भएका बालकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी, मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी र मृतक बालकका बुवा समेत रहेका साईकल चालक बर्दगोरीया गाउँपालिका वडा नम्वर १ बस्ने रमेश परियार घाइते भएका छन्। घाइते तीनै कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News