Deshko News
१२ मंसिर २०८०, मंगलबार

घाँटीमा डोरीले बाँधेर हत्या गरिएको अवस्था नदी किनारमा शिशुको शव फेला


 



डोटी, असार १६
डोटीको दिपायल सिलगढी नगरपालिकामा सेती नदी किनारमा घाँटीमा डोरीले बाँधेर हत्या गरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ।

नगरपालिकाको वडा नम्बर ३ स्थित आयुर्वेदिक अस्पताल नजिक नदीको किनारमा शिशुको शव फेला परेको हो। करिब २२ देखि २५ घण्टा भित्रका शिुशुको शव सालनालसहित नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाही शाहीले बताए।

उनकाअनुसार हत्या गरिएको अवस्थामा बालिकाको शव फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्