प्रदेश २ मा थपिए ३७ जना कोरोना संक्रमित




विरगञ्ज, असार १६
प्रदेश २ मा आज थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ। जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको हो ।

१ सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । महोत्तरीको सम्सी क्वारेन्टाइनमा मात्रै २४ जनामा संक्रमण देखिएको छ। महोत्तरीकै बेल्वा र एकडरवामा २÷२ जना र महोत्तरी क्वारेन्टिनका १ जनामा संक्रमण देखिएको छ ।

धनुषाको सबैलाका तीन जनामा र रौतहटको स्वास्थ्य कार्यालयमा लिइएको स्वाबमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाका ल्याव निर्देशक साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News