नागरिकता ऐनविरुद्ध जसपाद्वारा प्रदर्शन




काठमाडौं, असार १६
जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता संशोधन विधेयक प्रदर्शन गरेको छ ।
जसपा सम्बद्ध समाजवादी विद्यार्थी युनियनको आयोजनामा मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा जसपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत शीर्ष नेताहरू पनि सहभागी छन् । नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ संसदीय समितिबाट पारित भएदेखि नै जसपाले मधेशविरोधी भन्दै विरोध गर्दै आएको छ ।

नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधान हटाउनुपर्ने उनीहरूको माग छ । कांग्रेसले पनि नागरिकता सम्बन्धी उक्त विधेयकको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News