‘प्रधानमन्त्री पदबाट कसले हटाउन खोज्यो?, प्रमाण चाहियो’



काठमाडौं, असार १६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिमाथि प्रश्न उठाएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसारपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीले आफूलाई कसले हटाउन खोजेको हो भन्ने स्पष्ट पार्नुपर्ने माग राख्नुका साथै प्रमाण पेश गर्न माग गरेका हुन्।

आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए। प्रधानमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनी इतरका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्।

ओलीले आफूलाई हटाउने षढयन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News