मृत्युपछि कोरोना पुष्टि, सुदूरपश्चिममा मृत्यु हुनेको संख्या सात पुग्यो




धनगढी, असार १६
कोरोना संक्रमबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।

असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।

आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको थियो। योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News