नेपालका यी तीन जिल्ला बने कोरोना मुक्त




काठमाडौं, असार १८
नेपालमा कोरोना संक्रमित थपिदै गएको अवस्थामा यीं टीन जिल्ला भने कोरोना मुक्त भएका छन् ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा ३ जिल्लामा भने आजको दिनमा एक जना पनि सक्रिय संक्रमित छैनन्। भोजपुर, सोलुखुम्बु र दोलखामा अहिले कुनै पनि सक्रिय केस नभएकाले यी जिल्ला कोरोनामुक्त भएका हुन् ।

प्रदेश १ मा हालसम्म ६२३ जना संक्रमित भएकोमा ४०० जना संक्रमणमुक्त भएका छन्। उक्त प्रदेशमा २२३ सक्रिय केस छन् । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६।०२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।

देशभर बुधबार साँझसम्मको तथ्यांकअनुसार २ लाख ३३ हजार २२७ जनाको नमुना परीक्षण गर्दा १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर भने २६ प्रतिशत छ । बुधबारसम्ममा ४ हजार ६५६ जना कोरोनामुक्त भएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा हालसम्म ३ हजार ८५६ जना संक्रमित भएका छन् भने १ हजार ३९३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News