सुदूरपश्चिममा आज थप २६ जनामा कोरोना पुष्टि




धनगढी, असार १८
सुदूरपश्चिम प्रदेशमा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

संक्रमितमध्ये १३ जना टीकापुर हुन् । त्यस्तै कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको भीमदत्त र लालझाडीका एकरएक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ।

उनकाअनुसार धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News