ओलीले मन्त्रीहरुलाई भने–पार्टी फुट्न पनि सक्छ!



काठमाडौं, असार २१
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा बताउनुभएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुलाई पछिल्लो अवस्थाको बारेमा जानकारी दिदै एकता बचाउन मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरेका छन् । म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ ।

त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन, ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News