साढे २२ केजी चरेससहित दुईजना पक्राउ


 


दाङ, असार २२
प्रदेश ५ प्रहरी कार्यालयको विशेष टोलीले साढे २२ केजी लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

बुटवल उप महानगरपालिका १२ हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घरमा खानतलासी गर्दा अवैध २२.५०० केजी चरेससहित गुल्मी मदाने गाउँपालिका ७ का ३९ वर्षीय मेगलाल गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिकाका ३५ वर्षीय रतिभान दमाईलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी प्रवत्ता एसएसपी राजकुमार बैदवारले बताए ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका १२बाट चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्