मास्क नलगाउनेमाथि निगरानी, अटेरी गरे सय रुपैयाँ जरिवाना



जनकपुरधाम, असार २२
सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर तपाईंको मास्क खोइ भन्दै सोधपुछ गरेकाे छ

मास्कनै नलगाएर अटेर गर्ने डेढ सय भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर प्रहरीले एक सय रुपैयाँ जरिवाना तिर्न लगायो ।

कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका उपायप्रति जनस्तरमा हेलचक्राइ बढ्दै गएको हो । लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले बताए ।

‘रोग निवारण ऐन २०३० अनुरुप हामीले महामारीबाट जोगिन जनचेतना मुलक अभियान अघि बढाएका छौं, ‘उपरीक्षक बस्नेतले भने,’ मास्क लगाउन र सामाजिक दुरी कायम गराउन हामी निरन्तर माइकिङ गरिरहेका छौं । त्यसैगरी अहिले मास्क निगरानी पनि बढाएका छौं ।’

कतिले गोजीमा मास्क राखेर हिँडेका थिए भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए । तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छोपी हिँडे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News