नेपाल वायु सेवा निगम काेराेना संक्रमित, सोल्टी होटल सिल



काठमाडौं, असार २२
काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटललाई सिल गरिएको छ ।

नेपाल वायु सेवा निगमका पाँच जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजै होटल सिल गरिएको महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी गराए ।

डिएसपी कुँवरका अनुसार नेपाल वायु सेवा निगमका उडान कर्मचारीहरू होटल सोल्टीमा बस्ने गरेको र त्यहाँ बस्ने सो कम्पनीका कर्मचारीहरूमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य सुरक्षाका लागि सो होटल सिल गरिएको हो । संक्रमित कर्चारीहरूलाई होटलमै राखेर उपचार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News