घोराहीका २ वडासचिव पक्राउ


 


दाङ, असार २२
दाङको घोराही उपमहानगरपालिकाका २ जना वडासचिव किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्रा पर्नेमा घोराही उपमहानगर वडा नं. १ का वडासचिव धनबहादुर केसी र वडा नं. १३ का वडासचिव रनविन बुढा छन् ।

दुवै वडासचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सो प्रकरणमा लामो समय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसी पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने किर्ते काममा ती २ वडा सचिवले सघाएको आरोप लगाएका छन् । उनको आरोपपछि वडासचिवहरुलाई पक्राउ गरिएको हो ।

हाल पूर्पक्षका लागि थुनामा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्