Deshko News
१५ मंसिर २०८०, शुक्रबार

गंगालालमा सात जनामा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द


 



काठमाडौं, असार २३
शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जना बिरामीमा कोरोना भाइरस पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।

केन्द्रले सूचना जारी गर्दै मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जानकारी दिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्