झुन्डिएको अवस्थामा भेटिएका युवकमा मृत्युपछि कोरोना पुष्टि




काठमाडौं, असार २३
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरस पुष्टि भएको छ।

मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा। विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए।

भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए। गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेकाअनुसार मृतक युवकमा मानसिक समस्या रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News