Deshko News
१५ मंसिर २०८०, शुक्रबार

सरिता गिरीकाे सांसद पद गुम्यो


 


काठमाडौं, असार २३
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए ।

संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएकाले उनलाई कारवाही गरेको समाजवादी पार्टीले जनाएको छ ।

लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गएकी थिइन्। मतदानको दिन उनी संसदमा समेत उपस्थित भएकी थिइनन्।

पार्टी निर्देशन विपरित गएपछि गिरीलाई कारबाही गरिएको समाजवादीका नेता इस्तीयाक राईले बताए। गिरीबारे छानविन गर्न समाजवादीका नेता रामसहाय प्रसाद यादव नेतृत्वको तीन सदस्यीय कार्यदल बनाईको थियो। उक्त कार्यदलले उनलाई संसाद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको थियो।

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास ग¥यो। र, जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्