बाढीले सिन्धुपाल्चोकको जम्बु बजार बगायो, १८ बेपत्ता, दुई जनाको मृत्यु


 



सिन्धुपाल्चोक, असार २५
सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु बजारनै बगाएको छ ।

भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदी थुनिएपछि जम्बु बजार बगाएको हो । 

यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् । अहिलेसम्म दिई जनाको शव फेला परेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्