कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन थपिए हालसम्मकै धेरै संक्रमित




काठमाडौं, असार २५
विश्वभर कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै दुई लाख १२ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै धेरै हो ।

सबैभन्दा धेरै अमेरिकामा ६१ हजारभन्दा धेरैमा संक्रमण फेला परेको छ । त्यसपछि ब्राजिल र भारतमा संक्रमणदर उच्च छ । गएको २४ घण्टामा ब्राजिलमा ४१ हजार ५४१ जनामा संक्रमण देखिएको छ भने भारतमा २५ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रुस र मेक्सिकोमा ६–६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणको कारण पाँच हजार ४९६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार १७० पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार १८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै मेक्सिकोमा ८९५, अमेरिकामा ८७३, भारतमा ४९१, रुसमा १७३, पेरुमा १८१, चिलीमा १३९, बेलायतमा १२६, इरानमा १५३, दक्षिण अफ्रिकामा एक सय, कोलम्बियामा १६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News