सरिता गिरीको सांसद पद गुम्यो




काठमाडौं, असार २५
समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ। संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो।

समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकापशत गरेका हुन्।

गिरीले नेपालको नयाँ नक्साको विरोध गर्दै आएकी थिइन् । सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्। त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News