थप १०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज




काठमाडौं, असार २५
नेपालमा आज थप १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस ब्रिफिङमार्फत आज देशभर १ सय ८ जनामा कोरोना संक्रमित थपिएको जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १ सय ८ जनामा संक्रमण देखिएको जानकारी दिए ।

प्रवक्ता गौतमले आज १ सय ३९ जना संक्रमित निको भएर घर फर्किएको बताए । उनले विस्तारै आइसोलेन र क्वारेन्टाइनमा संक्रमितको संख्या घट्दै गइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News