Deshko News
१४ मंसिर २०८०, बिहिबार

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय, भाडा ५० प्रतिशत बढ्ने


 



काठमाडौं, असार २५
सरकारले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।

सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् ।

सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सवारी साधन पूर्ण रुपमा सञ्चालन नआउँदासम्म सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ ।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्