लमजुङको सातबिसेमा पहिरोले घर पुरियो, तीन जनाको मृत्यु


 



काठमाण्डौं, असार २६
लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

पहिरोमा परेर दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् । 

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्