अझै तीन दिन वर्षा हुने, सतर्कता अपनाउन आग्रह


 



काठमाडौं, असार २६
आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुनेछ । 

विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका  केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिदोँ क्रममा रहेकाले अब कम्तिमा तीनदिन पानी पर्ने मौसम विद् विभुती पोखरेलले बताइन् ।  

पानी पर्ने क्रम रहेकाले बाढी, पहिलो तथा डुबानको सम्भावना रहेकाले सतर्क रहन उनले आग्रह गरिन् ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्