Deshko News
११ आश्विन २०८०, बिहिबार

आफूलाई ज्यातिषी बताउने अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ




काठमाडौं, असार २६
आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भन्दै ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए ।

बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । यसअघि उनी नेपालमा ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News