उपत्यकामा ४२ कोरोना संक्रमित थपिए



काठमाडौं, असार २६
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १ सय १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको कूल संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित भेटिएका छन् । देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ वटा पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै आज १ सय २० जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने ८ हजार ६ सय ३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News