‘लकडाउन खुकुलो पार्दा उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्यो’



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढिरहेको बताएका हुन् ।

सरकारले पछिल्लो समय मुलुकमा लकडाउन खुकुलो पार्ने निर्णय लिएको छ । सार्वजनिक सवारी साधन चलाउन दिने, व्यापार व्यवसाय गर्न दिने र कार्यालय खोल्ने निर्णय लिएपछि राजधानी लगायतका ठूला सहरहरूमा कोरोना संक्रमितको संख्या वृद्धि भएको हो ।

‘गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्, ‘यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।’

राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News