बाढीपहिरोले एकै दिन २३ को मृत्यु, ३६ जना बेपत्ता




काठमाडौं, असार २७
बाढीपहिरोका कारण देशभरमा गरेर एकै दिन २३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढीपहिरोमा परी ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् ।

सक्रिय प्रि–मनसुन र त्यसपछिको सक्रिय मनसुनका कारण मुलुकभरको जमिन भिजेकाले पहिरो जाने क्रम बढेको मन्त्रालयले जनाएको छ । बाढी पहिरोका कारण कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी बढी प्रभावित भएका छन् । पीडितहरूले उद्धार र राहत प्रभावकारी नभएको गुनासो गरेका छन् ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनकाअनुसार अबका चार दिन अझै सतर्कता अपनाउनुपर्छ । विशेषगरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News