नेपालमा थप ७० जनामा कोरोना संक्रमण, ४३१ जना डिस्चार्ज


 



काठमाडौं, असार २७
नेपालमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा ताजा अपडेट प्रस्तुत गर्दै नयाँ संक्रमितबारे जानकारी दिएको हो ।

मन्त्रालयकाअनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । डिस्चार्ज हुनेको संख्या बढ्दै गइरहेको छ । आज ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्