हिन्दुमाथिको दमन बन्द गरेकाे भन्दै नेपालमा इमरान खानको पुत्ला दहन



काठमाडाैँ, असार २७
नेपाल विश्व हिन्दु महासंघले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। महासंघले विरगन्जमा एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गर्दै इमरानकाे पुत्ला समेत दहन गरेकाे छ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले अापत्ति जनाएकाे हाे। महासंघका उपाध्यक्ष विजय प्रकाश निषादकाे नेतृत्वकाे निकाएकाे विराेध र्यालीमा करिब बढीकाे सहभागिता रहेकाे थियाे।

उपाध्यक्ष निषादले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News