भरतपुर मेडिकल कलेजमा अवैध धन्दा, चार चिकित्सक पक्राउ



काठमाडाैं, असार २७
चितवनको भरतपुर मेडिकल कलेजबाट प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।

स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो। प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउन लागेकाे स्राेतकाे भनाइ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।

सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।
ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी हुन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News