संखुवासभाको सिलिचोङमा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा, असार २८
संखुवासभाको सिलिचोङ गाउँपालिकामा वर्षासँगै गएको पहिरोले जाँदा ११ जना बेपत्ता भएका छन्। गएराति गएको पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेका तीन जनाको जिवितै उद्दार गरिएको छ।
सिलिचोङ गाउँपालिका वडा नम्बर १ बेसिन्दामा आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।
घटनास्थल विकट स्थानमा रहेको र बाटोमा सानातिना पहिरोले बाटो अवरुद्ध हुँदा त्यहाँसम्म जान समस्या परेको डीएसपीले मल्लले बताए।
प्रकाशित मिति: २८ असार २०७७, आइतबार